शीर्षकहरू

रोयल इन्फिल्डको हन्टर ३५० नयाँ रङ, फिचर र शैलीसहित नेपाली बजारमा

रोयल इन्फिल्डको हन्टर ३५० नयाँ रङ, फिचर र  शैलीसहित नेपाली बजारमा

काठमाडौ । Mid-Size मोटरसाइकल समूह (२५०–७५० सीसी) मा विश्वकै अग्रणी ब्रान्ड Royal Enfield ले आफ्नो लोकप्रिय स्ट्रिट रोड्स्टर मोडेल Hunter 350 को नयाँ संस्करण नेपाली बजारमा सार्वजनिक गरेको छ। विश्वका प्रख्यात सहरका ‘कुल’ जीवनशैलीबाट प्रेरित रङ, सुधारिएको सस्पेन्सन तथा सहज एर्गोनोमिक डिजाइन सहितको यस BS VI नयाँ Hunter 350, 2025 Edition कम्पनीले सोमबार काठमाडौंमा प्रस्तुत गरेको हो।

नयाँ Hunter 350 मा Rio White, Tokyo Black, London Red र Graphite Grey गरी चार ‘स्ट्रीट–इन्स्पायर्ड’ रङ उपलब्ध छन्। कम्पनीका अनुसार यीमध्ये तीन रङ विश्वका सांस्कृतिक पहिचान सम्बन्धी प्रतीकहरूबाट सिर्जित अवधारणामा आधारित छन् । Rio का सेता तट, London का राताका ‘ब्रिक लेन’ र Tokyo का रातो–कालो शहरी सडकका Graphite Grey ले मोटरसाइकललाई ‘स्टेल्थ’ लुक र दमदार उपस्थिति प्रदान गर्ने दाबी गरिएको छ।

यस संस्करणमा Slip Assist Clutch जडान गरिएको छ, जुन कम्पनीको 350–सिसी मोडेलमा पहिलोपटक प्रयोग भएको सुविधा हो। साथै, परिमार्जित पछाडिको सस्पेन्सन, बढेर १६० एम एम ग्राउण्ड क्लियरेन्स, सुधारिएको सीट, Dual Channel ABS, LED हेडलैम्प तथा एर्गोनोमिक डिजाइनले समग्र सवारी अनुभव सहज बनाउने र ट्रिप नेभिगेटर अप्सनको रुपमा थप गरिएको छ।

nullnull

Hunter 350 मा प्रयोग गरिएको 349 cc J-series इन्जिन ले शहरी सडकको दैनिकीमा चुस्ती र सहजता प्रदान गर्ने दाबी गरिएको छ। सन् २०२२ मा पहिलोपटक बजारमा आएको यो मोडेलले हालसम्म विश्वभर ७ लाखभन्दा बढी राइडर जोडिसकेको कम्पनीले जनाएको छ।

Royal Enfield का प्रमुख कमर्सियल अधिकृत श्री यादविन्दर सिंह गुलेरिया भन्छन्, “नेपालमा मोटरसाइकल दैनिकीसँगै जीवनशैलीकै हिस्सा बनेको छ। युवा पुस्ताको ऊर्जा र शहरी गतिलाई ध्यानमा राखेर हामीले नयाँ Hunter 350 ल्याएका हौँ। यो नेपालका जीवन्त शहरी सडकका लागि पूर्णतः उपयुक्त मोडेल हो।”

null