शीर्षकहरू

सालपा विकास बैंकको आईपीओ खुल्यो

सालपा विकास बैंकको आईपीओ खुल्यो

काठमाडौं । सालपा विकास बैंकले आजदेखि आईपीओ जारी गरेको छ । बैंकले जारी पुँजी ५२ करोड २३ लाख ८८ हजार रुपैयाँको ३३ प्रतिशतले हुन आउने १७ करोड २३ लाख ८८ हजार रुपैयाँ बराबरको १७ लाख २३ हजार ८८० कित्ता आईपीओ निष्काशन गर्न लागेको हो ।

 जसअनुसार लिमिटेडले मंसिर २५ गतेदेखि अर्थात् आजदेखि सोको १० प्रतिशतले हुन आउने कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका निष्काशन गरेको हो ।

वैदेशिक रोजगारीमा रहेकाहरूका लागि १ करोड ७२ लाख ३८ हजार ८०० रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ लाख ७२ हजार ३८८ कित्ता सेयर निष्काशन गरिएको एक सूचनामार्फत् कम्पनीले जनाएको छ । सो आईपीओमा मंसिर २९ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिभित्र पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि पुस १० गतेसम्म लम्बिने बताइएको छ

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले बैंकलाई आईआरएन सिंगल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। वैदेशिक रोजगारीमा रहेकाहरूको सम्पन्न भएपछि सर्वसाधारणका लागि आईपीओ जारी गरिने कम्पनीले जनाएको छ ।