शीर्षकहरू

जीली ईएक्स फाइभ : सबैभन्दा धेरै स्टोरेज स्पेस भएको ईभी

जीली ईएक्स फाइभ : सबैभन्दा धेरै स्टोरेज स्पेस भएको ईभी

काठमाडौं । जीली ईएक्स फाइभ (Geely EX5) गाडी नेपालमा उपलब्ध भएका ईभीहरुमध्ये सबैभन्दा धेरै स्टोरेज भएको ईभी हो । जसमा ३३ वटा स्मार्ट स्टोरेज कम्पार्टमेन्ट रहेको एलआरआर मोटर्सका बजार प्रबन्धक अधिर श्रेष्ठले जानकारी दिए । 

यो ईभीमा अन्य भन्दा धेरै स्टोरेज स्पेस रहेकाले कुनै लामो दुरीमा जानुपर्दा वा सपिङ्ग गर्दा सामान राख्ने स्पेसको लागि चिन्ता नै गर्नु नपर्ने भएकाले यात्रा रमाइलो रहने उनले बताए । 
गाडीको फ्रन्ट रोमा रहेको स्टोरेज स्पेसमा विभिन्न बुकहरु राख्न सकिने स्पेस रहेको छ । यसैगरी, गाडीको चालक बस्ने सीटको देब्रे साइडमा कोल्ड ड्रिङ्स, वाटर बोटल, लगायतका सामानहरू राख्न मिल्ने स्टाइलको स्पेस रहेको छ । 

यसैगरी, सेन्टर कन्सोलको तल्लो भागमा खाली स्पेस रहेको छ । जहाँ ब्यागहरू राख्न सकिन्छ । सेन्टर कन्सोलको माथि मोबाइल चार्ज गर्न मिल्ने गरि मोबाइल स्टोरेज स्पेस बनाइएको छ । 

गाडीमा चारवटा ढोका रहेको छ । प्रत्येक ढोकामा २/२ वटाका दरले ८ वटा स्पेस स्टोरेज रहेको छ । उक्त दुईमध्ये एउटा स्पेस डस्टविनको रुपमा प्रयोग गर्न सकिन्छ भने अर्काे स्पेसमा बोटल, किताब, कप, डायरी, लगायतका बस्तुहरु राख्न सकिन्छ ।

null​गाडीको पछाडि रहेको दुईटा सीटको बोर्डरलाईनमा पनि प्रशस्त स्टोरेज क्षमता रहेको छ । जहाँ एउटा ढक्कन जस्तो छ । त्यसलाई स्पेसको ढकनको रुपमा पनि प्रयोग गर्न सकिन्छ । त्यस ढकन खोल्दा त्यसमा पनि अर्काे स्पेस छ । जसमा कफी कप, वाटर बोटल लगायत बस्तु राख्न सकिन्छ भने हेन्ड रेस्टको लागि पनि प्रयोग गर्न सकिन्छ । 

यसैगरी, ईभीको पछाडिको दुवै सीटको मुनी घर्रा अर्थात् अन्डर सीट स्टोरेज रहेको छ । जहाँ जुत्ताहरू राख्न सकिन्छ । अगाडीको सीटको पछाडिपट्टिको तल पानीको २/४ वटा बोतल राख्न मिल्ने स्पेस रहेको छ भने माथि पकेट स्पेस रहेको छ । जसमा मोबाइल, महत्वपूर्ण फाइल, बुक, म्याग्जीन, घडी लगायत बस्तु राख्न सकिन्छ । 

ब्याक साइडमा १८७७ लिटरको बुट स्पेस 

गाडीको पछाडिपट्टि ४६१ लिटरको बुट स्पेस रहेको छ । जहाँ लगेज लगायत विभिन्न बस्तुहरु राख्न सकिन्छ । त्यो स्पेसलाई बढाउन पनि सकिन्छ । पछाडिको सिटलाई गाडीपट्टि फोल्ड गर्दा सो बुट स्टोरेजको स्पेस १ हजार ८७७ लिटरको हुन्छ । जहाँ लामो यात्रा गर्दा सुत्न पनि सकिन्छ । वा गाडी रोकेर आराम गर्न पनि सकिन्छ ।

nullयसैगरी, कतै पिकनिक वा ग्यादरिङ गर्दा पनि सो स्पेसलाई मज्जाले प्रयोग गर्न सकिने बजार प्रबन्धक श्रेष्ठ बताउँछन् । 

बुट स्पेसको तल पनि अर्काे स्टोरेज छ । जहाँ ब्याग लगायतका बस्तुहरु राख्न सकिन्छ ।