शीर्षकहरू

राष्ट्र बैंकका गभर्नर डा. पौडेललाई बर्खास्त गर्न जेनजीको माग

राष्ट्र बैंकका गभर्नर डा. पौडेललाई बर्खास्त गर्न जेनजीको माग

काठमाडौं । जेनजी युनाइटेड नेपाल राष्ट्र बैंकका गभर्नरलाई बर्खास्त गर्न माग गरेको छ । जेनजी युनाइटेडले अर्थमन्त्रालयमा ज्ञापन पत्र बुझाउँदै गभर्नर डा। विश्वनाथ पौडेललाई बर्खास्त गर्नुपर्ने माग राखेको हो । 

जेनजी युनाइटेडले अर्थतन्त्रलाई चलायमान बनाउनका लागि वर्तमान गभर्नर पौडेल असफल भएको र उनको अनुभवसमेत नभएको भन्दै बर्खास्त गर्न माग गरेको हो । पौडेललाई बर्खास्त गरेर नयाँ गभर्नर नियुक्ति गर्नुपर्ने उनीहरुको माग रहेको छ । 

राष्ट्र बैंक ऐनलाई लत्याउँदै तत्कालीन सरकारले पौडेललाई स्वार्थ समूहको चलखेलमा नियुक्त गरेको जेनजीको आरोप छ । यस्तै गभर्नर विरुद्ध विभिन्न निकायका अनुसन्धान भइरहेको आरोप पनि जेनजीले लगाएको छ ।