काठमाडौं । ११ वटा ठेकदार कम्पनी कालो सूचीमा परेका छन । सार्वजनिक खरिद अनुगमन कार्यालयले जिन्यु टेक्नोलोजीसहित ११ वटा निर्माण तथा आपूर्ति कम्पनीहरुलाई कालो सूचीमा राखिएको हो । काम सन्तोषजनक भन्दै चीनीया कम्पनी जिन्यु टेक्नोलोजीलाई दूरसञ्चारले कालोसूचीका लागि सिफारिस गरेको थियो ।
कालोसूचीमा परेका ११ कम्पनीमध्ये जिन्युलाई सबैभन्दा धेरै ३ वर्षका लागि कालोसूचीमा राखिएको सार्वजनकि खरिद अनुगमन कार्यालयले जनाएको छ । अन्य कम्पनीलाई एकदेखि दुई वर्षसम्मका लागि कालो सूचीमा राखिएको छ । कालोसूचीमा राखिका कम्पनीहरुले तोकिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउनेछैनन् ।

आर्थिकन्यूज