काठमाडौं । चालु आर्थिक वर्ष २०८२/०८३ को ४ महिनामा १० वटा फाइनान्स कम्पनीहरु घाटामा रहेका छन् भने ७ वटाले नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार १० वटा फाइनान्स कम्पनीले ४५ करोड १६ लाख रुपैयाँ घाटा व्योहोरेका छन् ।
जसमध्ये सबैभन्दा धेरै घाटा व्योहोर्नेमा रिलायन्स फाइनान्स रहेको छ । यस कम्पनी १८ करोड १९ लाख रुपैयाँ घाटामा छ । पोखरा फाइनान्सको घाटा ६ करोड ३० लाख रुपैयाँ छ भने नेपाल फाइनान्सको ५ करोड ४० लाख, बेस्ट फाइनान्सको ५ करोड २७ लाख, समृद्धि फाइनान्सको ४ करोड ३० लाख र गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सको घाटा २ करोड ६९ लाख रुपैयाँ रहेको छ ।
यसैगरी, प्रोग्रेसिभ फाइनान्स २ करोड ३१ लाख रुपैयाँले घाटामा रहँदा क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स २० लाख, नेपाल शेयर मार्केट एण्ड फाइनान्स १८ लाख र जानकी फाइनान्स १२ लाख रुपैयाँले घाटामा रहेको छ ।
७ वटाको नाफा १७ करोड
७ वटा कम्पनीले भने १७ करोड रुपैयाँ बढी खुद नाफा आर्जन गरेका छन् । खुद नाफा आर्जन गर्नेहरुमा श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, गुर्खाज फाइनान्स, मल्टीपर्पाेज फाइनान्स, सेन्ट्रल फाइनान्स, मन्जुश्री फाइनान्स, आईसीएफसी फाइनान्स र गुडविल फाइनान्सले खुद नाफा आर्जन गरेका छन् ।
सबैभन्दा धेरै नाफा आर्जन गर्नेमा गुडविल अगाडि रहेको छ । जसले ४ महिनामा ५ करोड २८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यसैगरी, आईसीएफसीले ४ करोड ८ लाख, मन्जुश्रीले २ करोड ३५ लाख, सेन्ट्रलले २ करोड ११ लाख, मल्टीप्रपोजले १ करोड ७० लाख, गुर्खाजले १ करोड २० लाख र श्री इन्भेष्टमेन्टले २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

आर्थिकन्यूज