काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्सको पहिलो चरणको आईपीओ बाँडफाँड भएको छ । वैदेशिक रोजगारीमा रहिरहेका नेपाली नागरिकको लागि निष्कासन तथा बिक्री खुल्ला गरिएको आईपीओ आज मंगलबार बाँडफाँड भएको हो ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि मंसिर २२ देखि २५ गतेसम्म आईपीओ खुला गरेको थियो । जसमा १ लाख १५ हजार ५९६ कित्ता शेयरको लागि जम्मा ३५ जनाले १०२ जनाले आवेदन दिएका थिए । उनीहरुले १९ लाख ४४ हजार ३३० कित्ता शेयरको लागि जम्मा रकम आवेदन दिएका थिए । माग भन्दा झण्डै १७ गुणा बढी आवेदन परेको थियो । जसमध्ये ३५ हजार १०२ जनाको आवेदन मात्रै योग्य भएको थियो ।
प्रति आवेदक न्यूनतम ५० कित्ताको दरले बाँडफाँट गर्नुपर्ने व्यवस्था बमोजिम न्यूनतम् ५० कित्ताको दरले गोला प्रथा विधिद्वारा १ लाख १५ हजार ५९६ कित्ता शेयर २ हजार ३११ जना आवेदकलाई परेको छ ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी १ अर्ब ९० करोड रुपैयाँको १०.१४ प्रतिशतले हुन आउने १९ करोड २६ लाख ६० हजार रुपैयाँ बराबरको प्रति कित्ता १०० रुपैयाँका दरले १९ लाख २६ हजार ६०० कित्ता शेयर बुक विल्डिङ्ग विधि मार्फत निष्काशन गरिएको अनुमति पाएको थियो । सो मध्ये ४० प्रतिशत अर्थात् ७ लाख ७० हजार ६४० कित्ता शेयर बुक विल्डिङ्ग विधि मार्फत योग्य संस्थागत लगानीकर्ता कम्पनीहरूलाई बोलकबोल प्रणाली मार्फत निष्काशन तथा बिक्री खुल्ला गरी बाँडफाँट गरेको थियो ।
जसमा प्रति शेयर ९१२ रुपैयाँको दरमा उक्त ७ लाख ७० हजार ६४० कित्ता शेयर सम्पूर्ण बिक्री भई कट अफ मूल्य ९१२ रुपैयाँ निर्धारण भएको थियो । कट अफ मूल्यमा १० प्रतिशत छुट दिई सर्वसाधारणका लागि निष्काशन गर्नुपर्ने व्यवस्था बमोजिम ८२०.८० रुपैयाँको दरमा सार्वजनिक निष्काशन गरिएको ११ लाख ५५ हजार ९६० कित्ता साधारण शेयरको १० प्रतिशत अर्थात् १ लाख १५ हजार ५९६ कित्ता शेयर वैदेशिक रोजगारीमा रहिरहेका नेपाली नागरिकहरूको लागि निष्काशन गरिएको थियो ।
आर्थिकन्यूज