शीर्षकहरू

पिपुल्स हाइड्रोले शतप्रतिशत हकप्रद बिक्री गर्ने, ५० प्रतिशत रकमले बैंकको ऋण तिर्ने

पिपुल्स हाइड्रोले शतप्रतिशत हकप्रद बिक्री गर्ने,  ५० प्रतिशत रकमले बैंकको ऋण तिर्ने

काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले १:१ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले उक्त शेयर बिक्री गरेर आएको रकमले ५० प्रतिशत पैसा बैंकको ऋण तिर्ने र ५० प्रतिशतले अर्को आयोजना निर्माणमा खर्च गर्ने भएको छ ।

हकप्रद सम्बन्धी प्रस्ताव पुस २३ गते हुने साधारण सभामा पेस गर्ने कम्पनीले जाएको छ । कम्पनीले साधारण सभा र हकप्रद शेयर सुरक्षित गर्नका लागि पुस ११ गते एक दिनका लागि बुक क्लोजको मिति तय गरेको छ । पुस १० गतेसम्म कायम रहेका शेयर धनीले मात्र कम्पनीको हकप्रद शेयरमा भाग लिन पाउने छन् । 

कम्पनीको साधारण सभा क्वालिटि बैंकेट, बुद्धनगर काठमाडौंमा बिहान ११ बजे देखी सुरु हुने छ । कम्पनीले लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव गरेको छैन ।