काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक कुमार खड्काको फेसबुक पेज तथा व्यक्तिगत फेसबुक आईडी ह्याक भएको छ।
कम्पनीले सार्वजनिक सूचना जारी गर्दै ह्याक भएका फेसबुक खाताबाट रकम माग्ने, सूचना दिने वा अन्य विवरण सेयर भएमा त्यसमा विश्वास नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। यस्ता खाताबाट हुने कुनै पनि गतिविधिप्रति सीईओ तथा कम्पनी जिम्मेवार नहुने स्पष्ट पारिएको छ।
सम्भावित ठगी वा दुरुपयोगबाट जोगिन सबैलाई आवश्यक सतर्कता अपनाउन कम्पनीले अनुरोध गरेको छ।

आर्थिकन्यूज