काठमाडौँ । विश्व लगानीकर्ता सप्ताह–२०२५ को अवसरमा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले २०८२ साल पौष १ गते लिङ्कन कलेज, शामाखुसी, काठमाडौंमा स्नातक तहका विद्यार्थी तथा प्राध्यापकहरूको लागि वित्तीय शिक्षा अभिवृद्धि तथा सचेतनामूलक कार्यक्रम आयोजना गरी सफलतापूर्वक सम्पन्न गरेको छ।
कार्यक्रममा कलेजका प्राध्यापक र विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेल, बरिष्ठ प्रबन्धक अजय घिमिरे र बरिष्ठ अधिकृत राम नारायण तिवारीले कार्यक्रम संचालन गरेका थिए। छलफलमा उठेका प्रश्नहरूको जवाफ अजय घिमिरे र राम नारायण तिवारीले दिएका थिए।
यस कार्यक्रमले पूँजीबजार सम्बन्धी शिक्षा तथा सचेतना अभिवृद्धि गर्ने र सहभागीहरूले शेयर लगानी सम्बन्धि ज्ञान हासिल गरी लाभान्वित हुने विश्वास गरिएको छ। आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापित संस्था हो।
आर्थिकन्यूज