काठमाडौं । ग्लोबल टेक जाइंट जेडटीई कर्पोरेसनले नेपालमा आफ्ना दुई नयाँ स्मार्टफोन मोडेल, जेडटीई नुबिया एयर र जेडटीई नुबिया भि८० डिजाइन सार्वजनिक गरेको छ।
कम्पनीका अनुसार यी मोडेल उच्च प्रदर्शन र आकर्षक डिजाइनसहित शून्य प्रतिशत ब्याजदरको मासिक किस्ताबन्दीमा उपलब्ध छन्, जसले एड्भान्स्ड स्मार्टफोन प्रविधिलाई नेपाली उपभोक्ताका लागि सहज र पहुँचयोग्य बनाउने अपेक्षा गरिएको छ।
नुबिया एयर केवल ५.९ मिलिमिटर मोटाइको स्लिम स्मार्टफोन हो, जसमा ६.७८ इन्चको १.५ के एमोलेड डिस्प्ले, कोर्निङ गोरिल्ला ग्लास ७आई, आईपी६८/६९/६९के धुलो–पानी प्रतिरोध, युनिसक टी८३०० चिपसेट र एन्ड्रोइड १५ प्रणाली छ।
यसमा ५० मेगापिक्सेल प्राइमरी क्यामेरा, २० मेगापिक्सेल सेल्फी क्यामेरा र ५,००० एमएएच ब्याट्री छ। ८ जिबी र्याम र २५६ जिबी स्टोरेज भेरियन्टको मूल्य नेपाली रुपैयाँ ३३ हजार ९९९ तोकिएको छ।
नुबिया भि८० डिजाइन एन्ड्रोइड १६ मा चल्ने स्मार्टफोन हो, जसमा युनिसक टी७२८० चिपसेट, ५,००० एमएएच ब्याट्री, २२.५ वाट फास्ट चार्जिङ र १० वाट रिभर्स चार्जिङ सुविधा छ। यसमा ५० मेगापिक्सेल प्राइमरी एआई क्यामेरा र १६ मेगापिक्सेल सेल्फी क्यामेरा उपलब्ध छ। ८ जिबी र्याम र १२८ जिबी स्टोरेज भेरियन्ट नेपाली रुपैयाँ १९ हजार ९९९ मा र ८ जिबी र्याम र २५६ जिबी स्टोरेज भेरियन्ट २१ हजार ९९९ मा उपलब्ध छ।
शंकर ग्रुपका एक्जिक्युटिभ डाइरेक्टर सक्षम जाटियाज्युका अनुसार, “यी स्मार्टफोनहरूले स्लिम प्रिमियम डिजाइनदेखि किफायती प्रदर्शनसम्म हरेक मूल्यमा एड्भान्स टेक्नोलोजी उपलब्ध गराउने हाम्रो रणनीतिलाई बलियो बनाउनेछन्। नेपाली उपभोक्ताको अपेक्षाभन्दा बढी सुविधा दिने लक्ष्य यसबाट स्पष्ट हुन्छ।”
दुवै स्मार्टफोन नेपालभरका आधिकारिक जेडटीई विक्रेतामार्फत शून्य प्रतिशत किस्ताबन्दीमा उपलब्ध छन्।

आर्थिकन्यूज