शीर्षकहरू

शेयर बजारसम्बन्धी उजुरी नि:शुल्क हटलाइनमार्फत गर्न धितोपत्र बोर्डको आग्रह

शेयर बजारसम्बन्धी उजुरी नि:शुल्क हटलाइनमार्फत गर्न धितोपत्र बोर्डको आग्रह

काठमाडौं । नेपाल धितोपत्र बोर्डले शेयर बजारसम्बन्धी जिज्ञासा, गुनासा तथा उजुरीहरू नि:शुल्क हटलाइनमार्फत गर्न आग्रह गरेको छ।

ग्लोबल मनी विक-२०२५ को अवसरमा बोर्डले लगानीकर्ताको पहुँच र सचेतना अभिवृद्धि गर्ने उद्देश्यले यस्तो व्यवस्था गरेको हो।

बोर्डका अनुसार धितोपत्र लगानीसँग सम्बन्धित कुनै पनि जिज्ञासा वा उजुरी भएमा बोर्डको आधिकारिक वेबसाइटमार्फत हटलाइन नम्बरमा नि:शुल्क फोन गरेर जानकारी लिन वा गुनासो दर्ता गर्न सकिनेछ।

बोर्डले यस सुविधाको अधिकतम उपयोग गर्न सबै लगानीकर्तालाई आग्रह गरेको छ।

null