काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसका निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरे सहितले दायर गरेको रिटमा सर्वोच्च अदालत ले कारण देखाऊ आदेश जारी गरेको छ। मंसिर २३ गते दायर रिट बुधबार संवैधानिक इजलासको आठौँ नम्बरमा परेको थियो।
रिटमा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री सुशीला कार्की, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, निर्वाचन आयोग र प्रतिनिधिसभाका सभामुखलाई विपक्षी बनाइएको छ।
कांग्रेसको दाबीअनुसार संविधानले प्रतिबन्धित गरेको व्यक्तिलाई प्रधानमन्त्री नियुक्त गरी असंवैधानिक सिफारिसका आधारमा संसद् विघटन गरिएको हो। त्यसैले प्रतिनिधिसभा तत्काल पुनर्स्थापनाको माग रिटमा गरिएको छ।
त्यस्तै, प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति बदर गरी ठूलो दलको हैसियतमा कांग्रेस संसदीय दलका नेतालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिनसमेत माग गरिएको छ ।
आर्थिकन्यूज