काठमाडौं । रिज लाइन इनर्जी लिमिटेडले पुस १३ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा कुल २६ लाख ७ हजार कित्ता साधारण शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट मंसिर २२ गते अनुमति पाएको हो।
कम्पनीले पहिलो चरणमा ११ लाख ८५ हजार कित्ता शेयर आयोजना प्रभावित स्थानीय बासिन्दाहरूका लागि र १ लाख ४२ हजार २०० कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गर्न लागेको हो।
आयोजना प्रभाविततर्फ गोरखा जिल्लाको अजिरकोट गाउँपालिकाका सबै वडा तथा लमजुङ जिल्लाको दूधपोखरी गाउँपालिकाको वडा नम्बर १, २ र ३ र दोर्दी गाउँपालिकाको वडा नम्बर ४, ५ र ६ का स्थानीय बासिन्दाहरूले आवेदन दिन सक्नेछन्।
आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले पुस १७ गतेसम्म र आयोजना प्रभावित स्थानीय बासिन्दाले पुस २८ गतेसम्म आवेदन दिन सक्नेछन्।
आयोजना प्रभावितले कम्पनीको गोरखास्थित आयोजना कार्यालय, प्रभु क्यापिटलको कमलादीस्थित कार्यालय तथा क्यापिटलले उपलब्ध गराएको अनलाइन लिंकमार्फत आवेदन दिन सक्नेछन्। साथै गोरखास्थित प्रभु बैंकको छेपेटार र पालुङटार शाखाबाट पनि आवेदन दिन सकिनेछ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सि-आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू तथा सिआस्वा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।
पहिलो चरणको आईपीओ बाँडफाँड सम्पन्न भएपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने जनाएको छ।
आर्थिकन्यूज