शीर्षकहरू

माछापुच्छ्रे क्यापिटलद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

माछापुच्छ्रे क्यापिटलद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

माछापुच्छ्रे क्यापिटल लिमिटेडले विश्व लगानीकर्ता सप्ताह–२०२५ को अवसरमा वित्तीय साक्षरता र सचेतना कार्यक्रम सञ्चालन गरेको छ।

कम्पनीले देशभर विभिन्न ठाउँमा लगानीकर्ताहरूमाझ शिक्षा र सचेतना फैलाएको हो। मंसिर २५ देखि पौष २ गतेसम्म केही कार्यक्रम सम्पन्न भइसकेका छन् भने केही कार्यक्रम आगामी दिनमा पनि हुनेछन्।

यस अभियानअन्तर्गत कम्पनीले ग्वार्कोमा एमबिए संकायका विद्यार्थीहरूसँग, हेटौंडा–२, मकवानपुरमा बिबिए संकायका विद्यार्थीहरूसँग र चितवन, सौराहा तथा स्याङ्जाका कर्मचारी र स्थानीय बासिन्दासँग कार्यक्रम गरेको छ।

यी कार्यक्रमले लगानीकर्तालाई आर्थिक रूपमा सबल बनाउने, जिम्मेवार वित्तीय निर्णय लिन सहयोग गर्ने र वित्तीय स्थायित्व कायम गर्न योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

माछापुच्छ्रे क्यापिटल लिमिटेड माछापुच्छ्रे बैंकको सहायक कम्पनी हो। कम्पनीले नेपाल धितोपत्र बोर्डमार्फत धितोपत्र, लगानी व्यवस्थापन, परामर्श सेवा, निष्काशन–बिक्री प्रबन्ध, शेयर रजिष्ट्रेशन र सामूहिक लगानी कोषको सेवा दिँदै आएको छ।