शीर्षकहरू

पशुपति भेन्चरको शेयर बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त

पशुपति भेन्चरको शेयर बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त

काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेड र पशुपति भेन्चर लिमिटेडबीच साधारण शेयर निष्काशन र बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको छ।

आज धुम्बाराही काठमाडौंमा यस सम्झौतामा पशुपति भेन्चर लिमिटेडका संचालक  दिनेश प्रसाद श्रेष्ठ र सिटिजन्स क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे ।

सम्झौताअनुसार सिटिजन्स क्यापिटल लिमिटेडले पशुपति भेन्चर लिमिटेडको सार्वजनिक निष्काशनका लागि नेपाल धितोपत्र बोर्डको स्वीकृति पश्चात बिक्री प्रबन्धकको भूमिका निभाउनेछ।

पशुपति भेन्चर लिमिटेड एक लगानी कम्पनी हो। यसले विगत १५ वर्षदेखि विभिन्न हाइड्रोपावर कम्पनीहरूमा लगानी गर्दै आएको छ।

कम्पनीको लगानीमा रहेका खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेड र माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजनाहरू पूरा गरी विद्युत उत्पादन गर्दै आएका छन्।