शीर्षकहरू

नेप्से साढे १० अंकले घट्यो, कारोबार ४ अर्ब ५७ करोडमा सीमित

नेप्से साढे १० अंकले घट्यो, कारोबार ४ अर्ब ५७ करोडमा सीमित

काठमाडौं । पछिल्लो तीन कारोबार दिन लगातार बढेको शेयर बजार परिसूचक नेप्से विहीबार १०.६६ अंकले घटेको छ । यो गिरावटसँगै नेप्से २ हजार ६ सय १५ बिन्दुमा बन्द भएको छ ।

विहीबारको बजारमा कुल ४ अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको कारोबार भयो। कुल ६४ हजारभन्दा बढी कारोबारबाट १ करोड १२ लाख कित्ता सेयर किनबेच भए । अघिल्लो दिनको तुलनामा कारोबार रकम भने बढेको हो । बुधबार सेयर बजारमा ४ अर्ब ५ करोड ३७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

कारोबारमा आएका १३ उपसमूहमध्ये व्यापार र निर्जीवन बिमा उपसमूहको परिसूचक सामान्य बढे । होटेल तथा पर्यटन उपसमूहको परिसूचक स्थिर रहयो । बाँकी सबै उपसमूहको परिसूचक घटेको नेप्सेले जनाएको छ ।

६३ कम्पनीको सेयर मूल्य बढ्दा १९४ कम्पनीको मूल्य घटेको छ भने २ कम्पनीको मूल्य स्थिर रह्यो। कारोबार रकमका आधारमा भोटेकोशी हाइड्रोपावर अग्रस्थानमा रहे । 

null