काठमाडौं । दि ओरिएण्टल इन्स्योरेन्स कम्पनी लिमिटेडले सामाजिक उत्तरदायित्वअन्तर्गत जेनजी आन्दोलनमा क्षतिग्रस्त सार्वजनिक र सरकारी संरचनाको पुनर्निर्माणको लागि नेपाल सरकारद्वारा स्थापना गरिएको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा २० लाख रुपैयाँ प्रदान गरेको छ।
कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक संजय जोशीले उक्त रकमको चेक अर्थमन्त्री रामेश्वर प्रसाद खनाललाई अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा हस्तान्तरण गरेका छन्। कार्यक्रममा नेपालस्थित कार्यालयका प्रमुख कार्यकारी अधिकृत टी. चकवर्ती र अन्य वरिष्ठ अधिकारीहरु पनि उपस्थित थिए।
जोशी हाल नेपाल भ्रमणमा रहेका छन् र भ्रमणको मुख्य उद्देश्य नेपालमा बीमा व्यवसायको विकास, विस्तार तथा सामाजिक उत्तरदायित्वमा योगदान सुनिश्चित गर्नु रहेको कम्पनीले जनाएको छ। भ्रमणका क्रममा उनले कम्पनीको नयाँ पोलिसी ओभरसिस मेडिक्लेम इन्स्योरेन्सको पनि बिक्री शुभारम्भ गरेका छन्।
दि ओरिएण्टल इन्स्योरेन्स कम्पनी लिमिटेड भारतको नयाँ दिल्लीस्थित केन्द्रिय कार्यालयबाट सञ्चालित कम्पनी हो। यसले नेपालमा २०२४ सालदेखि शाखा सञ्चालन गर्दै आएको छ र स्थानिय आवश्यकताअनुसार सम्पत्ती, मोटर, इन्जिनियरिङ, व्यक्तिगत दुर्घटना, स्वास्थ्य बीमा लगायत ठूला उद्योग, जलविद्युत र अन्य संरचनाको बीमा तथा पुनर्बीमा गर्दै आएको छ।
आर्थिकन्यूज