शीर्षकहरू

राष्ट्र बैंकले १ अर्ब २० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने

राष्ट्र बैंकले १ अर्ब २० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको रकममध्ये १ अर्ब २० करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपका रूपमा लगानी गर्ने भएको छ। यसका लागि केन्द्रीय बैंकले इच्छुक बैंक तथा वित्तीय संस्थालाई प्रस्ताव पेश गर्न आह्वान गरेको छ।

राष्ट्र बैंकले यही पुस ७ गतेभित्र निवेदन दिनुपर्ने जनाएको छ। लगानी रकममध्ये ‘क’ वर्गका वाणिज्य बैंकमा ९६ करोड, ‘ख’ वर्गका विकास बैंकमा १८ करोड र ‘ग’ वर्गका वित्त कम्पनीमा ६ करोड रुपैयाँ छुट्याइएको छ।

सूचनाअनुसार सम्बन्धित बैंक तथा वित्तीय संस्थाले तोकिएको न्यूनतम कुल पुँजीकोष कायम गरेको हुनुपर्नेछ भने निष्क्रिय कर्जा सापटी अनुपात ८ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात ३ प्रतिशत ननाघेको हुनुपर्नेछ। साथै आफूले लिन चाहेको रकम र प्रस्तावित ब्याजदर उल्लेख गरी आवेदन दिन राष्ट्र बैंकले आग्रह गरेको छ।