शीर्षकहरू

सिद्धार्थ बैंक र नेपाल सोशल बिजनेसबीच महिला उद्यमशीलता प्रबद्धनमा सहकार्य

सिद्धार्थ बैंक र नेपाल सोशल बिजनेसबीच महिला उद्यमशीलता प्रबद्धनमा सहकार्य

काठमाडौं । सिद्धार्थ बैंकले कृषि, सौर्य ऊर्जा र स्वस्थ घरेलु खाद्य समाधानका क्षेत्रमा क्रियाशील महिला उद्यमीहरूलाई सशक्त बनाउने उद्देश्यले नेपाल सोशल बिजनेससँग सहकार्य गरेको छ।

बैंकका मार्केटिङ अधिकृत महर्जनका अनुसार, यस सहकार्यले नेपालमा उद्यमशीलता प्रवद्र्धन र दिगो आर्थिक विकासप्रतिको साझा प्रतिबद्धतालाई मजबुत बनाउनेछ। नेपाल सोशल बिजनेसका तर्फबाट निर्भाण चौधरीले सामाजिक उद्यमलाई रणनीतिक लगानी, मार्गदर्शन र दीर्घकालीन सहयोगमार्फत सशक्त बनाउने प्रतिवद्धता व्यक्त गरे।

नेपाल सोशल बिजनेसले दशकौँदेखि देशभर २० भन्दा बढी सामाजिक उद्यमहरूलाई सहयोग गर्दै समावेशी आर्थिक वृद्धि र दिगो जीविकोपार्जनमा योगदान पुर्‍याउँदै आएको छ। सिद्धार्थ बैंकले आगामी दिनहरूमा पनि यस्ता उद्देश्य-केन्द्रित सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।