काठमाडौं। स्थानीय बजारमा शुक्रबार सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य भने बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला २ लाख ९४ हजार रुपैयाँमै कारोबार भइरहेको छ। अघिल्लो दिन पनि यही मूल्य कायम थियो।
चाँदीको मूल्य भने तोलामा ५० रुपैयाँले बढेर ४ हजार ८३० रुपैयाँ पुगेको छ। बुधबार चाँदी ४ हजार ९४५ रुपैयाँसम्म पुगेको थियो भने त्यसयता क्रमशः घटबढ भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा पनि बहुमूल्य धातुको मूल्य स्थिरजस्तै देखिएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सुन प्रतिऔँस ४७०० अमेरिकी डलर र चाँदी ७३ डलरमा कारोबार भइरहेको छ।
आर्थिकन्यूज
प्रतिक्रिया