काठमाडौं । नेपालका लागि फोटोन मोटरको आधिकारिक वितरक एमएडब्लू वृद्धी कमर्शियल भेहिकलले आफ्टर–सेल्स सेवा सुदृढ बनाउने उद्देश्यसहित “फोटोन ईभी टोटल केयर क्याम्प” सञ्चालन गर्ने भएको छ। कम्पनीले पश्चिम तथा पूर्वी नेपालका विभिन्न स्थानमा चरणबद्ध रूपमा क्याम्प आयोजना गर्दै ग्राहकलाई नजिकबाट गुणस्तरीय सेवा उपलब्ध गराउने जनाएको छ।
कम्पनीका अनुसार क्याम्प दुई चरणमा सञ्चालन हुनेछ। पहिलो चरण चैत २२ देखि बैशाख ४ सम्म पश्चिम नेपालका बुटवल, धनगढी, दाङ र सुर्खेतमा आयोजना हुनेछ। दोस्रो चरण बैशाख ६ देखि १७ सम्म पूर्वी नेपालका इटहरी र बिर्तामोडमा सञ्चालन गरिनेछ। यस अभियानले देशका विभिन्न क्षेत्रका ग्राहकलाई सहज रूपमा सेवा लिन सक्ने वातावरण बनाउने अपेक्षा गरिएको छ।
क्याम्पमा सहभागी फोटोनका ईभी ग्राहकहरूले विभिन्न विशेष सुविधा प्राप्त गर्नेछन्। स्पेयर पार्ट्स, लुब्रिकेन्ट तथा लेबर चार्जमा १५ प्रतिशत छुट दिइनेछ भने सवारीसाधनको निःशुल्क निरीक्षण, ‘बम्पर–टु–बम्पर’ चेकअप, वासिङ तथा ग्रिजिङ सेवा समेत निःशुल्क उपलब्ध गराइनेछ।
फोटोन नेपालले देशभर १४ भन्दा बढी सेल्स तथा सर्भिस सेन्टर विस्तार गरिसकेको छ। साथै, १६६ भन्दा बढी CCS2 टाइप डीसी फास्ट चार्जिङ पोइन्ट स्थापना गर्दै विद्युतीय सवारीको प्रयोगमा ग्राहकको विश्वास बढाउने प्रयास जारी राखेको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार “टोटल केयर” अवधारणा अन्तर्गत दक्ष प्राविधिक, जेनुइन स्पेयर पार्ट्स र पारदर्शी सेवा प्रक्रियामार्फत ग्राहकलाई उच्चस्तरीय सेवा प्रदान गरिनेछ। एमएडब्लू वृद्धीको सहकार्यमा सञ्चालन हुने यस क्याम्पले फोटोनका ईभी प्रयोगकर्तालाई थप सहज र भरोसायोग्य सेवा अनुभव दिलाउने विश्वास गरिएको छ।
आर्थिकन्यूज
प्रतिक्रिया