हेटाैँडा । आगामी चैत २३ र २४ गते हुने नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको नवौं अधिवेशनका लागि सिन्धुपाल्चोकका व्यवसायी वेद बहादुर श्रेष्ठले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको समर्थनमा उनले बागमती प्रदेश अध्यक्ष पदमा उम्मेदवारी दिनेछन् । उनले बागमती प्रदेशभित्रका जिल्ला नगर, वस्तुगत तथा एसोसिएट तर्फका सम्पूर्ण सदस्यहरूबाट साथ, सहयोग तथा मतको अपेक्षा गरेका छन् । प्रदेशको कार्यालय भवन निर्माण गर्ने उनको प्रमुख एजेण्डा छ । त्यो वाहेक उद्योगी व्यवसायीको हितका लागि विशेष योजना उनले सार्वजनिक गर्नेछन् ।
उनको उद्योग वाणिज्य महासंघको संगठनात्मक यात्रा २०५८ सालमा साधारण सदस्यबाट सुरु भएको हो । २०६१ सालदेखि निरन्तर सक्रिय रहँदै उनले सिन्धुपाल्चोक उद्योग वाणिज्य संघमा दुई कार्यकाल सदस्य, त्यसपछि कोषाध्यक्ष, उपाध्यक्ष हुँदै अध्यक्षको जिम्मेवारी सम्हालेका छन् । हाल उनी बागमती भूगोलको प्रतिनिधित्व गर्दै महासंघको केन्द्रीय सदस्यका रूपमा कार्यरत छन् ।
उद्योग वाणिज्य महासंघको हालका वरिष्ठ उपाध्यक्ष तथा आगामी अध्यक्ष अन्जन श्रेष्ठ नेतृत्वको समूहबाट उनले बागमती प्रदेश अध्यक्ष पदमा उम्मेदवारी दर्ता गर्दै छन् । साथै, उनी ट्रक कन्टेनर व्यवसायी संघको कोषाध्यक्षको रूपमा समेत उनले भूमिका निर्वाह गरेका छन् । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको अध्यक्षहुँदा उनले निर्वाह गरेको भूमिका पनि मुल्यांकन पनि उच्च छ । कोरोनाकाको समयमा उद्योगी व्यवसायीको पीडामा उनले गरेको साथ र सहयोगले निक्कै प्रशंसा पाएका थिए ।
व्यावसायिक क्षेत्रसँगै विभिन्न सामाजिक संस्थाहरूमा सक्रिय उनी खेलकुद क्षेत्रमा पनि उत्तिकै संलग्न रहेका छन् । भलिबल खेलाडीका रूपमा पहिचान बनाएका उनले जिल्लामा फुटबल खेलको विकासमा समेत योगदान पु¥याएका छन् ।
उनकाे टिमबाट जिल्ला नगर उपाध्यक्षमा कृष्ण कुमार गुप्ताले उम्मेदवारी दिएका छन् । वस्तुगत तर्फ राज कुमार श्रेष्ठ निर्विरोध भएका छन् । कोषाध्यक्षमा रुद्र बहादुर खत्रीले उम्मेदवारी दिएका हुन् ।
यस्तै कार्यसमिति सदस्यमा कृष्ण मुरारी न्यौपाने, जयप्रकाश श्रेष्ठ, विष्णु खनाल, राज कुमार कँडेल, राजन कार्कीले जिल्ला नगरबाट उम्मेदवारी दिएका छन् । उत्तम शर्मा ढकाल र नवीन्द्र देव सिंहले एशोसियट र ज्योतिरत्न बज्रचार्यले वस्तुगत तर्फ उम्मेदवारी दिएका हुन् ।
आर्थिकन्यूज
प्रतिक्रिया