शीर्षकहरू

नेपालमा जीली गाडिकाे मूल्य बढ्याे, यस्ताे छ कारण

नेपालमा जीली गाडिकाे मूल्य बढ्याे, यस्ताे छ कारण

काठमाडौं । नेपालमा जीली इएक्स फाइभ (EX5) विद्युतीय सवारी साधनको आधिकारिक आयातकर्ता तथा वितरक LRR Motors ले आफ्नो लोकप्रिय पूर्ण विद्युतीय मिड–साइज एसयूभीहरूको मूल्य परिमार्जन गरेको औपचारिक घोषणा गरेको छ।

परिमार्जित मूल्य आजदेखि लागू भएको कम्पनीले जनाएको छ। काठमाडौं, नारायणगढ, विराटनगर, बुटवल तथा नेपालगञ्ज लगायत देशभरका सबै शोरूममार्फत जिली EX5 खरिद गर्दा नयाँ मूल्य लागू हुनेछ।

नयाँ मूल्य संरचना अनुसार जीली EX5 Max को मूल्य अघिल्लो ६८ लाख रुपैयाँबाट बढेर ६९ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ भने जीली EX5 Pro को मूल्य ५८ लाख रुपैयाँबाट वृद्धि भई ५९ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ।

कम्पनीका अनुसार अमेरिकी डलरको विनिमय दरमा भएको निरन्तर वृद्धि तथा आयात लागतमा परेको प्रभावका कारण मूल्य समायोजन गर्नुपरेको हो।

मूल्य परिमार्जन भए पनि LRR Motors ले आफ्नो जारी नववर्ष बिक्री योजना यथावत् राखेको जनाएको छ। जिली EX5 खरिद गर्ने ग्राहकहरूले थाइल्याण्ड भ्रमण, स्मार्ट कफी मेसिन, एडाप्टेबल चार्जर, नगद छुट तथा सहज वित्तीय सुविधाजस्ता विभिन्न आकर्षक अफरहरू प्राप्त गर्न सक्नेछन्।

जीली EX5 प्रति नेपाल भरका ग्राहकबाट उत्साहजनक प्रतिक्रिया प्राप्त भएको कम्पनीको भनाइ छ। मुद्रा विनिमय दरमा आएको उतारचढावजस्ता बाह्य कारणले मूल्य परिमार्जन आवश्यक भए पनि ग्राहकलाई उत्कृष्ट मूल्य प्रदान गर्ने प्रतिबद्धता कायम रहेको कम्पनीले जनाएको छ। 

LRR Motors का सेल्स हेड अधिर श्रेष्ठले थाइल्याण्ड भ्रमणसहितको नववर्ष अफरले ग्राहकलाई प्रिमियम ईभी अनुभवसँगै थप लाभ प्रदान गर्ने बताए। कम्पनीले उन्नत प्रविधि, उत्कृष्ट कार्यसम्पादन तथा ग्राहककेन्द्रित सेवामार्फत नेपालमा तीव्र गतिमा विस्तार भइरहेको विद्युतीय सवारी बजारमा आफ्नो उपस्थिति अझ सुदृढ बनाउने प्रतिबद्धता समेत व्यक्त गरेको छ।

थप जानकारीका लागि ग्राहकलाई नजिकको LRR Motors शोरूम वा आधिकारिक प्रतिनिधिसँग सम्पर्क गर्न अनुरोध गरिएको छ।

प्रतिक्रिया