काठमाडौं । सरकारले आईस भेहिकल (पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारी) लाई विद्युतीय गाडीमा परिवर्तन गर्न आवश्यक कानूनी व्यवस्था मिलाउने भएको छ । आज आइतबार बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो ।
विगत लामो समयदेखि आईसलाई ईभीमा कन्भर्जन गर्ने चर्च चल्दै आएको थियो । तर, त्यो चर्चा केवल चर्चामा मात्रै सीमित भएको थियो । अब भने कन्भर्जनको लागि कानूनी बाटो खुल्ने भएको छ ।
नेपालमा आईस भेहिकललाई ईभीमा कन्भर्जनको विषयमा विश्व बैंकले पनि अध्ययन गरेको थियो ।
आर्थिकन्यूज
प्रतिक्रिया