शीर्षकहरू

इन्धन उत्पादन कोटा बढाउन ओपेक प्लस सहमत

इन्धन उत्पादन कोटा बढाउन ओपेक प्लस सहमत

भियना । इन्धन उत्पादक सदस्य राष्ट्रहरूको संगठन ओपेक प्लस आइतबार पुनः तेल उत्पादन कोटा बढाउन सहमत भएको छ ।

इरानमा चलिरहेको युद्ध र इरानले मध्यपूर्वमा गरेका आक्रमणले त्यहाँका इन्धन प्लान्टमा क्षति पुगेको छ । जसले विश्व बजारको करिब पाँच भागको करिब एक भाग (२० प्रतिशत) इन्धन आपूर्ति हुने स्ट्रेट अफ होर्मुजबाट आवतजावतमा इरानले लगाएको प्रतिबन्धका कारण विश्व बजारमा ऊर्जाको मूल्य आकासिएको छ ।

प्रमुख तेल उत्पादक साउदी अरब र रुस र तेहरानको आक्रमणको मार खेपिरहेका खाडी मुलुकहरू सम्मिलित ओपेक प्लसले मेदेखि प्रतिदिन दुई लाख छ हजार ब्यारेलको उत्पादन समायोजन लागु गर्ने निर्णय गरेको छ ।

इरानमाथि अमेरिका–इजरायलले गरेको आक्रमणपछि इरानले खाडी मुलुकका नागरिक पूर्वाधारमा आक्रमण गर्ने चेतावनी बारम्बार दिँदै आएको छ । अमेरिकाले स्ट्रेट अफ होर्मुजलाई सोमबारसम्ममा जहाजहरूको आवागमनका लागि खुला नगरे नयाँ चरणको थप आक्रामक कारबाही थाल्ने चेतावनी दिएको छ । -एएफपी

प्रतिक्रिया