काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइसिएफसि फाइनान्स लिमिटेड को ऋणपत्र सूचीकृत भएको छ।
फाइनान्सले जारी गरेको ७ वर्ष अवधि र वार्षिक ८ प्रतिशत ब्याजदर भएको “८% आइसिएफसि फाइनान्स लिमिटेड डिबेञ्चर २०८९” सोमबार नेप्सेमा सूचीकरण गरिएको हो।
सूचीकरण सम्झौतामा नेप्सेका प्रमुख कार्यकारी अधिकृत चुडामणी चापागाईं र फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सुनिल पन्तले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार प्रति इकाई १ हजार रुपैयाँ अंकित दरका कुल ५ लाख कित्ता ऋणपत्र सूचीकृत भएका छन्।
नेप्सेमा सूचीकरण भएसँगै उक्त ऋणपत्र मंगलबार (चैत २४) देखि दोस्रो बजारमा नियमित कारोबारमा आउनेछ।
डिबेञ्चरधनीहरूको अभिलेख राख्ने, नामसारी गर्ने लगायतका सेवाका लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेड लाई शेयर रजिष्ट्रार नियुक्त गरिएको कम्पनीले जनाएको छ।
आर्थिकन्यूज
प्रतिक्रिया