शीर्षकहरू

यूनाइटेड अजोड इन्स्योरेन्सको १०% हकप्रद शेयर आजदेखि बिक्री खुला

यूनाइटेड अजोड इन्स्योरेन्सको १०% हकप्रद शेयर आजदेखि बिक्री खुला

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड ले आज (चैत २६ गते) देखि १० प्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको आधारमा १०:१ अनुपातमा हकप्रद शेयर जारी गरेको हो।

यसअनुसार हाल १०० कित्ता शेयर भएका शेयरधनीले थप १० कित्ता हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीले २३ करोड १० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा २३ लाख १० हजार कित्ता हकप्रद शेयर निष्काशन गरेको हो।

हकप्रद शेयर निष्काशन प्रयोजनका लागि कम्पनीले फागुन १७ गते बुकक्लोज गरिसकेको छ। फागुन १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरूले मात्र यस हकप्रदमा आवेदन दिन पाउनेछन्। आवेदन दिने अन्तिम मिति २०८३ वैशाख १६ गतेसम्म तोकिएको छ।

हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकसँगै लक्ष्मी सनराइज बैंकका तोकिएका शाखा, आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू, तथा मेरो शेयर मार्फत सि-आस्वा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।

हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ३१ करोड रुपैयाँ रहेको छ। हकप्रद शेयर निष्काशन तथा बाँडफाँटपछि चुक्ता पूँजी २ अर्ब ५४ करोड १० लाख रुपैयाँ पुग्नेछ।

प्रतिक्रिया