काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज शिखर पावर डेभलपमेन्ट लिमिटेडको आईपीओ सूचीकृत भएको छ। कम्पनीको कुल ९८ लाख कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो।
नेप्सेले कम्पनीलाई ‘SIPD’ सिम्बोल प्रदान गरेको छ। पहिलो कारोबारका लागि कम्पनीको सेयर मूल्य न्यूनतम ९४ रुपैयाँ ७८ पैसा र अधिकतम २८४ रुपैयाँ ३४ पैसा तोकिएको छ।
उक्त मूल्य दायराभित्र चैत २७ गते शुक्रबार स्पेशल प्रि–ओपन सेसनमार्फत कम्पनीको पहिलो सेयर कारोबार हुने नेप्सेले जनाएको छ।
आर्थिकन्यूज
प्रतिक्रिया