शीर्षकहरू

नेप्सेमा लगातार दोस्रो दिन उछाल, सूचक २८५१ बिन्दुमा

८ कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा

नेप्सेमा लगातार दोस्रो दिन उछाल, सूचक २८५१ बिन्दुमा

काठमाडौँ । सेयर बजारमा लगातार दोस्रो दिन उत्साह देखिएको छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बिहीबार पनि उकालो लाग्दै ४५.६४ अंकले बढेर २८५१.२४ बिन्दुमा पुगेको छ। बुधबार ४८.७१ अंकले बढेको नेप्से परिसूचक बिहीबार पनि उकालो लाग्दै १.७३ प्रतिशतले वृद्धि भएको हो।

यस दिन बजारसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ। ३३८ कम्पनीका २ करोड ७९ लाख ३१ हजार ७७० कित्ता सेयर ९ अर्ब ९१ करोड ९२ लाख १० हजार रुपैयाँमा किनबेच भएका छन्। अघिल्लो दिन ८ अर्ब ३१ करोड रुपैयाँको कारोबार भएको थियो।

बिहीबार सेन्सेटिभ इन्डेक्स ४.६४ अंकले बढ्दा फ्लोट इन्डेक्स ३.०२ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.६९ अंकले वृद्धि भएका छन्।

सबै १३ उपसमूहको परिसूचक उकालो लाग्दा ‘अन्य’ उपसमूह सर्वाधिक ३.४३ प्रतिशतले बढेको छ। होटल तथा पर्यटन, जलविद्युत र उत्पादन–प्रशोधन उपसमूहमा २ प्रतिशतभन्दा बढी वृद्धि भएको छ भने बैंकिङ, वित्त, लगानी, लघुवित्त र निर्जीवन बीमा उपसमूह पनि १ प्रतिशतभन्दा बढीले बढेका छन्।

कारोबार भएका स्टकमध्ये ८ कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा पुगेको छ। आत्मनिर्भर लघुवित्त, रिलायन्स स्पिनिङ मिल्स, भुजुङ्ग हाइड्रोपावर, रिज लाइन इनर्जी, सोलु हाइड्रोपावर, होटल फरेष्ट इन, सुपर खुदी हाइड्रोपावर र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकका लगानीकर्ताले उच्च नाफा कमाएका छन्।

हिम स्टार उर्जा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढी र हिमालयन रि इन्स्योरेन्स को सेयर करिब ७ प्रतिशतले बढेको छ। यता एनआईसी एशिया ब्यालेन्स्ड फण्डको इकाई मूल्य ६.७४ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा नेशनल हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रह्यो। उक्त कम्पनीको ४३ करोड ४७ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ। त्यसपछि रिडी पावर र हिमालयन रि इन्स्योरेन्समा उच्च कारोबार भएको छ।

null

प्रतिक्रिया