शीर्षकहरू

एफएनसीसीआईको चुनाव रोक्न उच्च अदालतको आदेश

एफएनसीसीआईको चुनाव रोक्न उच्च अदालतको आदेश

काठमाडौं । उच्च अदालत पाटनले नेपाल उद्योग बाणिज्य महासंघको ६०औं वार्षिक साधारणसभा रोक्न अन्तरिम आदेश दिएको छ । बिहीबार अदालतले अन्तरिम आदेश जारी गर्दै चैत २९ र ३० मा हुन लागेको निर्वाचन र ६०औं वार्षिक साधारणसभा रोक्न भनेको हो। 

पेट्रोलियम ढुवानी व्यवसायी महासंघको सदस्यताका कारण उक्त निर्वाचन रोक्न भन्दै मुद्दा परेको थियो । उक्त मुद्दाको सुनुवाई गर्दै चैत २३ गते उच्च अदालत पाटनले निर्वाचन रोक्न आदेश दिएको थियो । सोही आदेशलाई निरन्तरता दिँदै आज बिहीबार अन्तरिम आदेश दिएको हो ।

सदस्यता विवादमा नेपाल उद्योग बाणिज्य महासंघलाई विपक्षी बनाएर मुद्दा दायर गरिएको थियो । अदालतको उच्च आदेशसँग महासंघको निर्वाचन अन्योलमा परेको छ ।

null

प्रतिक्रिया