शीर्षकहरू

अमेरिकाबाट एकैपटक ३५ नेपाली डिपोर्ट, पछिल्लो दुई महिनामा २ सय बढी फर्काइए

अमेरिकाबाट एकैपटक ३५ नेपाली डिपोर्ट, पछिल्लो दुई महिनामा २ सय बढी फर्काइए

काठमाडौं । अमेरिकाले एकैपटक ३५ जना नेपालीलाई चार्टर विमानमार्फत डिपोर्ट गरेको छ। विमानस्थल अध्यागमन प्रमुख नरहरी घिमिरेका अनुसार उनीहरू गत ७ अप्रिल (चैत २४, मंगलबार) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन्।

डिपोर्ट हुनेमध्ये १२ जना अवैध बाटोबाट अमेरिका पुगेका थिए। २ जना विद्यार्थी भिसामा गएका थिए। अमेरिकामा विभिन्न नियम उल्लङ्घन गरेको आरोपमा डिपोर्ट गरिएको मानव बेचविखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण पंगेनीले जानकारी दिए।

पछिल्लो दुई महिनामा मात्र अमेरिकाबाट २ सयभन्दा बढी नेपालीहरू डिपोर्ट भइसकेका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएयता नेपालीहरूलाई पटक–पटक डिपोर्ट गर्ने क्रम बढेको छ।

भिसा प्रक्रिया पूरा नगरेका, भिसा अवधिभन्दा बढी समय बसेका, वा चालचलन राम्रो नभएका आप्रवासीलाई नियन्त्रणमा लिएर आफ्नै देश फर्काउने नीति अमेरिकाले कडाइका साथ लागू गरेको छ। कतिपय अवस्थामा डिपोर्ट हुनेलाई हतकडी र नेल लगाएर फर्काइएको समाचार पनि सार्वजनिक भएका छन्।

प्रतिक्रिया