रौताहट । नयाँ वर्षको स्वागतका लागि पर्यटकीय नगरी पोखराको लेक साइड यति बेला चहलपहल बढेको छ । आइतबारदेखि सुरु हुने ‘फेवा नववर्ष महोत्सव’ले लेसाइडको सडकलाई मात्र होइन, यहाँको पर्यटनलाई पनि नयाँ ऊर्जा दिएको छ ।
यस पटकको महोत्सवमा आयोजकले करिब ३ लाख पाहुना भित्र्याउने महत्त्वाकाङ्क्षी लक्ष्य राखेका छन् । विद्यालय बिदा र विदेशी पर्यटकको ‘सिजन’ सँगै परेकाले लेसाइडका होटेलहरू अहिले नै ८० प्रतिशत भरिभराउ भइसकेका छन् ।
नयाँ वर्ष मनाउन आउने पाहुनाका लागि होटेल संघ आबद्ध होटेलहरूले प्रकाशित दररेटमा २५ प्रतिशतसम्म छुटको घोषणा गरेको होटेल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताए । तेस्रो मुलुकका पर्यटक, गर्मी छल्न आएका भारतीय पाहुना र आन्तरिक पर्यटकले पोखराको व्यवसाय चलायमान बनेको हो ।
उनका अनुसार, अंग्रेजी नयाँ वर्षमा जस्तै नेपाली नयाँ वर्षमा पनि पोखरालाई ुहबु बनाउने उद्देश्यले यो महोत्सव आयोजना गरिएको हो । वैशाख १ गतेसम्म चल्ने यो उत्सवले सुस्ताएको पर्यटनलाई लयमा फर्काउने विश्वास व्यवसायीको छ । महोत्सव अवधिमा मौलिक तथा रैथाने परम्परागत खानाको प्रदर्शनी, पञ्चेबाजा प्रतियोगिता गरिने आयोजकले जनाएको छ ।
आर्थिकन्यूज
प्रतिक्रिया