शीर्षकहरू

इस्लामाबादमा अमेरिका–ईरान–पाकिस्तान त्रिपक्षीय वार्ता सुरु, स्थायी शान्तिको आशा

ईरानका ४ आधारभूत शर्त

इस्लामाबादमा अमेरिका–ईरान–पाकिस्तान त्रिपक्षीय वार्ता सुरु, स्थायी शान्तिको आशा

एजेन्सी । पाकिस्तानको राजधानी इस्लामाबादमा अमेरिका, ईरान र पाकिस्तानबीच त्रिपक्षीय वार्ता औपचारिक रूपमा सुरु भएको छ। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले पश्चिम एशियामा स्थायी शान्ति स्थापना हुने आशा व्यक्त गरेका छन्।

प्रधानमन्त्री शहबाजले अमेरिका र ईरानका प्रतिनिधिमण्डलले रचनात्मक रूपमा वार्ता गर्ने प्रतिबद्धतालाई सराहना गरे। उनले पाकिस्तानलाई मध्यस्थको रूपमा प्रस्तुत गर्दै क्षेत्रीय तथा विश्व शान्ति र स्थिरताप्रति आफ्नो प्रतिबद्धता दोहोर्याए। पाकिस्तानले वार्ताको गति कायम राख्दै विवाद समाधानमा सहयोग गर्ने र शान्तिको ठोस उदाहरण प्रस्तुत गर्ने लक्ष्य लिएको छ।

वार्ता सुरु हुनुअघि ईरानले लेबनानमा जारी इजरायली आक्रमण रोक्नुपर्ने माग उठाएको छ। बेरुत र दक्षिणी लेबनानमा इजरायली आक्रमण रोक्न युद्धविराम लागू गर्नु महत्वपूर्ण कदम हुने तस्नीम न्यूज एजेन्सीले जनाएको छ। ईरानले पाकिस्तानलाई ४ आधारभूत शर्तहरू अघि सारेको छ र ती शर्तमा कुनै सम्झौता नगर्ने स्पष्ट गरेको छ। ईरानी प्रतिनिधिमण्डलसँगको भेटपछि शहबाजले ईरानको सक्रिय सहभागिताको प्रशंसा गर्दै भने, “यो वार्ता क्षेत्रीय शान्तिको दिशामा महत्वपूर्ण कदम हुनेछ।”

प्रतिक्रिया