शीर्षकहरू

एपोलो हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

एपोलो हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौँ । एपोलो हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्राथमिक सेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले चैत २६ गतेदेखि ७ लाख ८० हजार २०० कित्ता आईपीओ बिक्री खुला गरेको थियो।

उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ९४ हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था छ। आवेदन सि–आस्बा प्रणालीमार्फत बैंक तथा वित्तीय संस्था वा मेरो शेयर प्रयोग गरी दिन सकिनेछ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ। बैंकिङ समयभित्र मात्र आवेदन दिन सकिने भएकाले लगानीकर्तालाई समयमै आवेदन दिन आग्रह गरिएको छ।

यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको सेयर बाँडफाँट गरिसकेको छ। त्यस्तै, सामूहिक लगानी कोषका लागि ३७ हजार कित्ता र कर्मचारीका लागि १८ हजार ८०० कित्ता सेयर पनि वितरण भइसकेको छ।

कम्पनीले जारी पूँजी ५७ करोड रुपैयाँको ३० प्रतिशत बराबर १४ लाख १० हजार कित्ता आईपीओ निष्काशनको अनुमति पाएको थियो। तीमध्ये ४ लाख ७० हजार कित्ता स्थानीय र ९४ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँट गरिएपछि बाँकी रहेको ७ लाख ८० हजार २०० कित्ता सर्वसाधारणका लागि खुला गरिएको हो। प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ तोकिएको छ।

कम्पनीले सञ्चालन गरिरहेको ६ मेगावाट क्षमताको बुकु खोला जलविद्युत् आयोजनाको अनुमानित लागत १ अर्ब ३७ करोड २० लाख रुपैयाँ रहेको छ। आयोजनाको प्रतिमेगावाट लागत २२ करोड ८६ लाख रुपैयाँभन्दा बढी रहेको जनाइएको छ। साथै, साधारण लगानी फिर्ता अवधि ७.७७ वर्ष र छुट दरमा १६.४३ वर्ष रहने कम्पनीले जनाएको छ।

प्रतिक्रिया