शीर्षकहरू

प्रभु बैंकले ५ करोड इकाई अग्राधिकार सेयर जारी गर्ने, ८.५% प्रतिफल प्रस्ताव

प्रभु बैंकले ५ करोड इकाई अग्राधिकार सेयर जारी गर्ने, ८.५% प्रतिफल प्रस्ताव

काठमाडौं। प्रभु बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयर  जारी गर्ने निर्णय गरेको छ। बैंकको चैत २७ गते बसेको सञ्चालक समिति बैठकले ८.५० प्रतिशत प्रतिफलदरमा अग्राधिकार सेयर निष्कासन गर्ने प्रस्ताव अनुमोदन गरेको हो।

बैंकले प्रति इकाई १०० रुपैयाँ दरले कुल ५ करोड इकाई अग्राधिकार सेयर जारी गर्ने जनाएको छ। यसबाट बैंकले ५ अर्ब रुपैयाँ बराबरको पूँजी संकलन गर्नेछ।

उक्त सेयर अविमोच्य प्रकृतिको हुने भएकाले निश्चित अवधि पछि फिर्ता गर्ने प्रावधान रहने छैन भने असञ्चिति भएकाले कुनै वर्ष लाभांश वितरण नभएमा सो रकम आगामी वर्षमा जोडिने छैन।

बैंकले पूँजी आधार सुदृढ गर्न र नियामकीय आवश्यकता पूरा गर्न यस्तो उपकरणमार्फत स्रोत जुटाउन लागेको जनाएको छ।

प्रतिक्रिया