काठमाडौं। अन्तर्राष्ट्रिय बजारसँगै स्थानीय बजारमा पनि सुन–चाँदीको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेर २ लाख ९६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि आइतबार सुन तोलाको २ लाख ९७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। लगातार उतारचढाव भइरहेका बेला एकै दिनमा आएको गिरावटले बजारमा केही सहजता देखिएको व्यवसायीहरू बताउँछन्।
चाँदीको मूल्य पनि घटेको छ। आइतबार तोलाको ४ हजार ९ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार ७५ रुपैयाँले घटेर ४ हजार ९ सय रुपैयाँमा झरेको छ।
अन्तर्राष्ट्रिय बजारमा भने सुनको मूल्य प्रतिऔंस ४ हजार ७ सय २३ अमेरिकी डलर आसपास कारोबार भइरहेको छ। विश्व बजारमा देखिएको मूल्य समायोजनको प्रभाव नेपाली बजारमा पनि परेको व्यवसायीहरूको भनाइ छ।
आर्थिकन्यूज
प्रतिक्रिया