शीर्षकहरू

एनएमबी क्यापिटलको फन्ड व्यवस्थापन गुणस्तर ‘एएमसी २+’ मा स्तरोन्नति

सरल बचत फन्ड–१ को आकार १० अर्ब पुर्‍याउन स्वीकृति

एनएमबी क्यापिटलको फन्ड व्यवस्थापन गुणस्तर ‘एएमसी २+’ मा स्तरोन्नति

काठमाडौं। एनएमबी क्यापिटल लिमिटेडको फन्ड व्यवस्थापन गुणस्तरमा सुधार भएको छ । इक्रा नेपालले कम्पनीलाई प्रदान गर्दै आएको फन्ड म्यानेजमेन्ट क्वालिटी रेटिङ(FMQR) ‘एएमसी २+’ मा स्तरोन्नति (अपग्रेड) गरेको हो । यस मूल्याङ्कनले कम्पनीको कोष व्यवस्थापन क्षमतामा उच्च विश्वसनीयता रहेको संकेत गरेको छ ।

यससँगै एनएमबी क्यापिटल सोही वर्गमा उच्च रेटिङ पाउने अग्रणी कम्पनीका रूपमा उभिएको छ । कम्पनीले सञ्चालन गरिरहेको म्युचुअल फन्डअन्तर्गत हाल तीन बन्दमुखी र एक खुलामुखी योजना सञ्चालनमा रहेका छन् ।

एनएमबी ५० योजनाको फागुन मसान्तसम्म खुद सम्पत्ति करिब १ अर्ब ३६ करोड रुपैयाँ रहेको छ भने प्रति इकाइ खुद सम्पत्ति मूल्य (एनएभी) १० रुपैयाँ ८६ पैसा कायम छ ।

त्यस्तै, एनएमबी सुलभ इन्भेष्टमेन्ट फन्ड–२ को खुद सम्पत्ति करिब १ अर्ब ४९ करोड रुपैयाँ रहेको छ, जसको एनएभी १२ रुपैयाँ २० पैसा रहेको छ । एनएमबी हाइब्रिड फन्ड एल–२ को खुद सम्पत्ति करिब १ अर्ब ४७ करोड रुपैयाँ पुग्दा एनएभी १० रुपैयाँ ७५ पैसा रहेको छ ।

सरल बचत फन्ड–१ को आकार १० अर्ब पुर्‍याउन स्वीकृति

खुलामुखी योजना ‘एनएमबी सरल बचत फन्ड–१’ पनि विस्तारको क्रममा रहेको छ । फागुन मसान्तसम्म यस योजनाको खुद सम्पत्ति ४ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ भने प्रति इकाइ मूल्य ११ रुपैयाँ १ पैसा कायम भएको छ । यस योजनामा सिस्टेम्याटिक इन्भेस्टमेन्ट प्लान (SIP) मार्फत ५५ हजारभन्दा बढी लगानीकर्ताको सहभागिता रहेको छ, जुन संख्या निरन्तर बढ्दो क्रममा छ ।

चैत २६ गतेसम्म आइपुग्दा यस फन्डको आकार बढेर ४ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ । साथै, सोही योजनाको आकार १० अर्ब रुपैयाँ पुर्‍याउन धितोपत्र बोर्डबाट २०८२ माघ ८ गते स्वीकृति प्राप्त भएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार खुलामुखी योजनामा बढ्दो आकर्षण, SIP मार्फत लगानी विस्तार र नियामकबाट प्राप्त स्वीकृतिले फन्डको पहुँच र प्रभावलाई आगामी दिनमा अझ विस्तार गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया