शीर्षकहरू

बुद्ध एयरको ‘रोयल क्लव’ अब पूर्ण डिजिटल, उडानमा यात्रुहरुलाई थुप्रै सुविधा

यात्रुहरुलाई बार्षिक करिब १६ करोड रुपैयाँको छुट प्याकेज

बुद्ध एयरको ‘रोयल क्लव’ अब पूर्ण डिजिटल, उडानमा यात्रुहरुलाई थुप्रै सुविधा

काठमाडौं । बुद्ध एयरले नयाँ बर्ष २०८३ बैशाख १ गतेदेखि यात्रुहरुका लागि नयाँ सुविधा ल्याएको छ ।

०८३ वैशाख १ गतेदेखि बुद्ध एयरले आफ्नो रोयल क्लब फ्रिक्वेण्ट प्लायर कार्यक्रमलाई पूर्ण रूपमा डिजिटल तथा अनलाइन प्रणालीमा रूपान्तरण गर्दै यात्रुहरुका लागि नयाँ सुविधा प्रदान गरेको हो ।

नियमित हवाई उडान गर्ने यात्रुहरूका लागि दशकांैदेखि सञ्चालन हुँदै आएको यस कार्यक्रममार्फत लाखौं सदस्य लाभान्वित हुँदै आएका छन् ।

यात्रु सदस्यहरूले यस फ्रिक्वेण्ट फ्लायर कार्यक्रममार्फत उडानसँगै माईलेज प्वाईण्ट’ जम्मा गर्न पाउनेछन् । निश्चित माईलेज प्वाइण्ट संकलन भएपछि यात्रु तथा तिनका परिवारका सदस्यले डिस्काउण्ट एवं निःशुल्क हवाई टिकट प्राप्त गर्न सक्ने जनाइएको छ ।

सस्तो टिकटमा पनि माइलेज प्वाईन्ट

बुद्ध एयरले यसअघि रिफण्डेबल टिकट अर्थात ‘वाइ’, ‘ए’ र ‘बी’ क्लासमा मात्र यात्रुलाई माईलेज प्वाइण्ट प्रदान गर्दै आएकोमा अबदेखि नन–रिफण्डेबल टिकटमा पनि माईलेज प्वाइण्ट प्रदान गरिने बुद्ध एयरका सेल्स एण्ड मार्केटिङ डाईरेक्टर रूपेश जोशीले जानकारी दिए ।

अनलाइनबाटै माइलेज टिकट

अब यात्रुहरूले संकलित माईलेज प्वाइण्ट प्रयोग गरि बुद्ध एयरको मोबाईल एप वा वेवसाईटबाटै सजिलै टिकट काट्न सक्नेछन् । यसअघि यो सुविधा केवल सेल्स काउण्टर वा एयरपोर्ट काउण्टरमार्फत मात्र उपलब्ध थियो ।

जस्तै, काठमाडौंबाट पोखरा उडानमा नन रिफण्डेबल टिकटबाट यात्रुले ११२ माइलेज प्वाइण्ट प्राप्त गर्छन् भने सोही बराबरको अर्को पोखरा काठमाडौं उडान टिकटमा रू. ११२ सम्मको सहजै डिस्काउण्ट प्राप्त गर्न सक्छन् ।

यात्रुहरूले जुनसुकै प्लेटफर्म वा ट्राभल एजेन्सीबाट टिकट काट्दा आफनो रोयल क्लब नम्बर उल्लेख गर्न बुध्द एयरले अनुरोध गरेको छ ।

यसले यात्रापछि प्राप्त हुने माईलेज प्वाइण्ट तथा डिस्काउण्टको सुविधा लिन सजिलो हुने विज्ञप्तिमा उल्लेख गरेको छ ।

रोयल क्लबका सदस्यहरूले सुपर मार्केट, ग्रोसरी पसल, होटल, रिसोर्ट, गिफ्ट सपबाट पनि माइलेज प्वाइण्ट प्रयोग गरि डिस्काउण्ट प्राप्त गर्न सक्नेछन् ।

यसका लागि रोयल क्लबले विभिन्न साझेदार संस्थासँग सहकार्य विस्तार गरिरहेको र इच्छुकहरूलाई सहकार्यका लागि आह्वान गरिएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

बुद्ध एयरले यात्रुहरुलाई बार्षिक करिब १६ करोड रुपैयाँको छुट प्याकेज दिन्छ : वस्नेत

बुद्ध एयरले आफ्ना यात्रुका लागि नयाँ माइलेस सुविधा घोषणा गरेको छ ।  बुद्ध एयरका सबै उडानका यात्रुले टिकट खरिद गर्दा माइलेस अंक पाउने व्यवस्था लागू गरिएको जानकारी दिएको हो ।

संस्थापक वीरेन्द्रबहादुर बस्नेतले कुनै यात्रुले नौं सय माइल बराबरको टिकट लिन्छन् र उनीहरुसँग पाँच माइल बाँकी छ भने त्यो माइल प्रयोग गरी अर्को टिकट खरिद गर्दा तुरुन्तै पाँच सय माइल बराबरको छुट पाउन जानकारी दिए ।

उनले आइतबारदेखि टिकट काट्ने र फ्रिक्वेण्ट प्लायरमा जो पहिलो पटक आवद्ध हुन्छन् उनीहरुले १०० पोइन्ट बोनस पाउने बताए ।

उनले वार्षिक करिब १६ करोड रुपैयाँ बराबरको छुट यात्रुहरूलाई उपलब्ध गराएको बताए । क्यास डिस्काउनको पनि प्रक्रियामा रहेको उनले बताए ।

उनले १ लाख ८५ हजार रोयल क्लब सदस्य रहेको उल्लेख गरे । बुद्ध एयरसँग रोयल क्लब मेम्बर आत्मिय सम्बन्ध रहेको उनले उल्लेख गरे ।

प्रतिक्रिया