शीर्षकहरू

घरजग्गा कारोबार : २.५ देखि १० आनाका जग्गा धेरै विक्री, महानगरको हिस्सा कति ?

घरजग्गा कारोबार : २.५ देखि १० आनाका जग्गा धेरै विक्री, महानगरको हिस्सा कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको रिपोर्ट अनुसार घरजग्गाको कुल कारोबार मध्ये ४.१ प्रतिशत कारोबार महानगर क्षेत्रभित्र भएको छ । राष्ट्र बैंकले गएका ३ वर्षको आधारमा घरजग्गाको कारोबार र अवस्थाका बारेमा अध्ययन गरेको थियो । 

उक्त अध्ययन रिपोर्ट अनुसार देशभर कुल कारोबार भएको क्षेत्रफलका आधारमा महानगरभित्र भएको किनबेचको क्षेत्रफल १.९ प्रतिशत रहेको छ । यसैगरी, कारोबार रकमका महानगरको हिस्सा १३ प्रतिशत रहेको छ । हाल नेपालमा ६ वटा महानगरपालिका रहेको छ । जसमध्ये सबैभन्दा कम कारोबार काठमाडौं र ललितपुर महानगरभित्र भएको पाइएको छ । महानगरमध्ये सबैभन्दा धेरै भरतपुर रियलस्टेटको कारोबार हुन्छ । 

त्यसैगरी, विरगंज दोस्रो स्थानमा रहेको छ भने पोखरा तेस्रो स्थानमा छ । चौथोमा विराटनगर रहेको छ । 

यस्तै, घरजग्गाको कुल कारोबारमध्ये उपमहानगरपालिका क्षेत्रभित्र ९.८५ प्रतिशत कारोबार हुन्छ । क्षेत्रफलको आधारमा उपमहानगरको हिस्सा ५.७५ प्रतिशत रहेको छ । कारोबार मूल्यका आधारमा देशभरको कुल ९.२८ प्रतिशत हिस्सा उपमहानगरले ओगटेको छ । हाल नेपालमा ११ वटा उपमहानगरपालिका रहेका छन् । 

अध्ययन रिपोर्टस अनुसार सबैभन्दा धेरै कारोबार हुने प्रदेशमा मधेश अग्रस्थानमा रहेको छ । त्यसैगरी,  कोशी र लुम्बिनी प्रदेशहरू जग्गा कारोबारको संख्या तथा क्षेत्रफल दुवैका लागि प्रमुख केन्द्रका रूपमा देखिएका छन् भने थैली रकमका आधारमा बागमती प्रदेश अग्रस्थानमा रहेको छ।

महानगरपालिका र उपमहानगरपालिका क्षेत्रमा विशेष गरी २.५ देखि १० आना आकारका जग्गाहरू धेरै विक्री वितरण भएको पाइएको छ । तर, मधेशमा भने २० आना भन्दा माथिका जग्गाहरू धेरै विक्री वितरण भएको पाइएको छ । ठूलो जग्गा विशेषगरी उद्योग धन्दा र कृषिका लागि प्रयोग गरिन्छ । साना जग्गा घर घडेरीका रुपमा प्रयोग हुन्छन् । 

प्रतिक्रिया