शीर्षकहरू

मन्त्रिपरिषद् सदस्यको सम्पत्ति श्रोत छानबिनको माग गर्दै प्रदर्शन (फाेटाे)

मन्त्रिपरिषद् सदस्यको सम्पत्ति श्रोत छानबिनको माग गर्दै प्रदर्शन (फाेटाे)

काठमाडौं । अखिल (क्रान्तिकारी) ले मन्त्रिपरिषद्का सदस्यहरूको सार्वजनिक भएको सम्पत्तिको श्रोत खुलाउन तथा सम्पत्ति छानबिन गर्न सरकारमाथि दबाब सिर्जना गर्ने उद्देश्यले विरोध प्रदर्शन गरेकाे छ । उक्त संगठनले आज माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेकाे हाे ।

प्रधानमन्त्री बालेन्द्र शाहलगायत मन्त्रीहरूको सम्पत्तीको स्रोत सार्वजनिक गर्न माग गर्दैै विद्यार्थीले काठमाडौँको प्रदर्शन गरेका छन् । सोमबार विद्यार्थीले काठमाडौँको माइतीघरमा प्रदर्शन गरेका हुन् । 

आइतबार प्रधानमन्त्री शाहसँगै सबै मन्त्रीले सम्पत्ती सार्वजनिक गरेका थिए। सबै मन्त्रीले सुन र चाँदी देखाएका छन् ।

त्यसलाई विद्यार्थीले ‘गरीबको चमेली सुन दिन कोही छैन’ भनेर कटाक्ष गरेका छन् । उनीहरूले ‘मन्त्रीलाई सुन बहार, जनतालाई महंगी उपहार’, ‘सम्पत्ती देखियो, स्रोत कहाँ गयो? ’, ‘झण्डा निलो, मन्त्रिपरिषद् पहेलो’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका छन् ।

बालेनसहित अधिकाशं मन्त्रीहरुको सुन, घर जग्गा र सेयरमा लगानीमा अकुत लगानी भएको पाएपछि सम्पत्तीको स्रोत विद्यार्थी नेताहरुले खोजेका हुन् । चमेलीको सुन दिने सुन दिने कोइ छैन भनेर नारा लगाएका थिए ।

null

null

null

null

null

प्रतिक्रिया