शीर्षकहरू

भृकुटीमण्डपमा भाडा नतिर्ने २० कार्यालयमा तालाबन्दी, बक्यौता १० करोडभन्दा बढी

भृकुटीमण्डपमा भाडा नतिर्ने २० कार्यालयमा तालाबन्दी, बक्यौता १० करोडभन्दा बढी

काठमाडौं । भृकुटीमण्डप क्षेत्रमा सञ्चालन भइरहेका विभिन्न संघ–संस्थाले वर्षौंदेखि भाडा नतिरेको भन्दै समाज कल्याण परिषद्ले २० वटा कार्यालय तथा व्यवसायिक संरचनामा तालाबन्दी गरेको छ । परिषद्अन्तर्गत पर्ने भृकुटीमण्डप क्षेत्रमा सोमबारदेखि कडा कारबाहीस्वरूप ताला लगाइएको हो ।

परिषद्का अनुसार लामो समयदेखि भाडा बक्यौता तिर्न अटेरी गर्दै आएका कार्यालय र व्यवसायिक संरचनामा पटक–पटक सूचना जारी गरिए पनि कुनै प्रतिक्रिया नआएपछि अन्ततः तालाबन्दी गर्नुपरेको हो । तालाबन्दी गरिएका संस्थामध्ये रिपोटर्स क्लब, काठमाडौं पुस्तकालय, फोटो पत्रकार महासंघ र अपाङ्ग महासंघलगायत २० वटा संरचना रहेका छन् ।

परिषद्का सदस्य–सचिव सरोजकुमार शर्माका अनुसार भृकुटीमण्डप क्षेत्रबाट मात्रै १० करोड रुपैयाँभन्दा बढी भाडा असुल हुन बाँकी छ । उनले बक्यौता रकम असुलीका लागि यसअघि नै सूचना जारी गरिएको भए पनि सम्बन्धित पक्षले बेवास्ता गरेपछि बाध्य भएर कारबाही गर्नुपरेको बताए ।

परिषद्ले तालाबन्दी गरिएका कार्यालयलाई सात दिनभित्र बक्यौता भुक्तानी गर्न निर्देशन दिएको छ। साथै, अब भृकुटीमण्डप क्षेत्रभित्रका संरचनाहरूलाई थप व्यवस्थित र पारदर्शी बनाइने पनि जनाएको छ ।

महिला तथा बालबालिका मन्त्री सीता बादीको निर्देशनअनुसार बक्यौता असुली र व्यवस्थापनका लागि कडा कदम चालिएको परिषद्ले जनाएको छ ।

null

प्रतिक्रिया