काठमाडौं । नेपाल आयल निगमले पछिल्लो समयमा पेट्रोलियम पदार्थ घाटामा विक्री गरिरहेको जनाएको छ । निगमले आज सोमबार एक विज्ञप्ति जारी गर्दै पेट्रोल, डिजेल, मट्टितेल र एलपीजी ग्यास विक्रीबाट १५ दिनमा ७ अर्ब ८१ करोड घाटा व्यहोर्नु परेको जनाएको छ ।
निगमले प्रति लिटर पेट्रोलमा २.३२ रुपैयाँ, डिजेलमा ८७.९९ रुपैयाँ, मट्टितेलमा २०७ रुपैयाँ, हवाई इन्धनमा ९२ पैसा र एलपीजी ग्यासमा ३३१.२५ रुपैयाँ घाटामा विक्री वितरण गरिरहेको जनाएको छ । बाह्य हवाई इन्धनमा भने ६.५२ रुपैयाँ नाफा राखेको पनि निगमले स्पष्ट पारको छ ।
जस अनुसार १५ दिनमा पेट्रोलबाट ७ करोड ६८ लाख, डिजेलबाट ७ अर्ब २३ लाख, मट्टितेलबाट ३ करोड १७ लाख, आन्तरिक हवाई इन्धनबाट २४ लाख र एलपीजी ग्यासबाट ५० करोड रुपैयाँ घाटा भइरहेको निगमले बताएको छ । तर, बाह्य हवाई इन्धनबाट भने ३ करोड लाख घाटा हुने जनाइएको छ ।
समग्रमा १५ दिनमा ७ अर्ब ८१ करोड ६१ लाख रुपैयाँ घाटा हुने निगमको भनाई छ ।
आर्थिकन्यूज
प्रतिक्रिया