शीर्षकहरू

वाणिज्य विभागले भन्यो : पिउने पानीको बोतलमा 'नेक सील' प्रयोग नगर्नु

वाणिज्य विभागले भन्यो : पिउने पानीको बोतलमा 'नेक सील' प्रयोग नगर्नु

काठमाडौं । अबदेखि पिउने पानीको बोतलमा 'नेक सिल' लगाउन नपाइने भएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आज सोमबार एक सूचना जारी गर्दै पिउने पानीको बोटलमा 'नेक सील' तथा बाह्य प्लाष्टिक लेयर प्रयोगमा पूर्णरुपमा प्रतिबन्ध लगाएको जनाएको छ । 

यस विषयमा वाणिज्य विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रक विभाग, वातावरण विभाग र सम्बन्धित व्यवसायीहरूबीच सोमबार छलफल भएको थियो । सोही छलफलबाट पिउने पानीको बोतलमा नेक सील प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरिएको हो । यसको कार्यान्वयनका लागि विभागले उद्योगलाई १५ दिनको समय दिएको छ । १५ दिन पश्चात् पनि यस्तो नेक सीलको प्रयोग गरिएको पाइएमा कानून अनुसार कारबाही गर्ने पनि जनाइएको छ । 

यस्तै, पिउने पानीको जारमा अनुज्ञा पत्र नम्बर अनिवार्य राख्नुपर्ने पनि विभागले जनाएको छ । यसका लागि नयाँ उद्योगको हकमा ६० दिन समय दिइएको छ ।

 null

प्रतिक्रिया